११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

मुगुका किसानलाई स्याउ टिप्ने चटारो

मुगुका किसानलाई स्याउ टिप्ने चटारो
फाईल फोटो
अ अ+ अ-

गमगढी मुगु । छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । उहाँको बारीमा १५ स्याउका बोट छन् । वडा नं ४ का किसान हरिबहादुर भाम बिहानैदेखि साँझ अबेरसम्म स्याउ टिप्न बारीमा नै व्यस्त हुनुहुन्छ ।

उनीहरू मात्र होइन, यतिबेला जिल्लाका स्याउ उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । किसानहरु आफ्नो स्याउ बगैंचामा बिहानैदेखि सपरिवार स्याउ टिप्न व्यस्त देखिन्छिन । स्याउ नै उनीहरुको मुख्य आम्दानीके स्रोत हो ।

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । तर यो समय स्याउ टिप्नको लागी उपयुक्त समय भने होइन । मुुगुुको हावापानीअनुुसार स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजको पहिलो साता भए पनि मुुगुुका स्याउ किसानले समय अगावै स्याउ टिप्न थालेका छन् ।

स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैंचा खाली गर्न थालेको बताउँछन् । जिल्लामा धेरै किसानले स्याउ खेती गरेका कारण एकैचोटी बजारमा पठाउँदा मूल्य नपाउने भएकाले पनि किसानहरु समय अगावै स्याउ बिक्री गर्न हतार गर्ने गरेको हरिबहादुर बताउनुहुन्छ । यो बर्ष स्याउ उत्पादन धेरै हुुने अनुमान गरेको भएपनि बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो विष्णुमायालाई पनि छ ।

केही किसानहरु भने स्याउ भण्डारण गर्ने ठाउँ नभएकाले व्यापारी बगैचामा आएको मौकामा स्याउ बेच्न हतारिने गर्दछन् । पछि के हुन्छ, बिक्री भएन भने वर्ष भरि कसरी गुजारा गर्ने भन्ने चिन्ताले आफूले काँचो स्याउ बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

यतिबेला स्याउ ब्यापारीले किसानको बगैचाबाट प्रतिकेजी ३० रुपैयाँमा स्याउ लिने गरेको किसानहरु बताउँछन् । व्यापारीहरु पनि समय अगावै आएर सस्तोमा किन्न खोज्ने गर्दछन् ।

उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुुहिने डर भएको हुँदा बिक्रि गर्ने गरेका स्याउ अर्का किसान सूर्य प्रकाश भामको भनाइ छ । उहाँका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ ।

स्याउ टिप्न डोकाको प्रयोग गर्नु पर्दा सामान्य चोटपटकले पनि स्याउ कुहिने हुन्छ । भण्डारण र बजारीकरणको समस्या नहुने भए किसानले राम्रो मूल्य पाउने र उपभोक्ताले पनि स्वादिलो स्याउको स्वाद पाउने उनीहरुको भनाइ छ । व्यावसायिक रुपमा स्याउ खेती गरेका कतिपय किसानले आफूले नभ्याएर खेताला लगाउने गरेका छन् । स्याउ टिपरे गोठमा राखिएको छ ।

भरपर्दो सडक सुविधा नहुँदा स्याउ बजारीकरणको समस्याले किसानहरु चिन्तित छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन राम्रो भएको किसानहरु बताउँछन् । यहाँको स्याउ नेपालगञ्ज, सुर्खेतदेखि राजधानी काठमाडौँसम्म बिक्री हुने गर्दछ । विष्णुमाया ती ठाउँमा आफैं लगेर बिक्री गर्दा राम्रो मूल्य पाउने आशामा यसपटक व्यापारीहरु बगैैँचामै आएर स्याउ खरिद गर्न मागे पनि नदिएको बताउनुहुन्छ ।

यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यलय मुुगुका निमित्त कार्यालय प्रमुख दुुर्गाबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको भएको थियो । यस वर्ष जिल्लामा गत वर्षभन्दा पाँचदेखि १० प्रतिशतले स्याउ उत्पादनमा बृद्धि हुुने अनुमान गरिएको प्रमुख शाहीले बताउनुभयो । जिल्लाा विशेष गरी तिन प्रकारका रोयल डेलिसेस्, रेटडेलिसेस् र गोल्डेन डेलिसेस् नामक स्याउ उत्पादन हुुने गरेको छ ।