२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक भयो भनेर गठबन्धनले भ्रम फैलायोः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनु भएको छ ।

विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गर्नु भयो । नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । जनताको समस्या समाधान गरी आएको पार्टी हो ।

एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ । अनि, एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने ? पहिलेपहिले जस्तै ६० वर्ष भन्दा माथिकालाई गोली हानेर मार्छ भनेर गाउँमा कुँदेजस्तै अहिले फेरी अर्को खालको भ्रम फिँजाउन खोज्ने ? त्यसकारण सरकारको काम हो–जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ ।

आमा वा बुबाको नाममा नागरिकता छ भने आमा वा बुबाको नाममा नागरिकत देऊ । किन अल्झाएर राख्ने ? तर, संसदीय प्रक्रिया त हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक भो भनेर बहाना बनाउने ? त्यसकारण यो कपटपूर्ण अहिलेको गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरु गठबन्धनले गर्छ भने हामीले त्यसको जोडदार खण्डन गर्नु पर्दछ । हामी नागरिकताको स्थायी समाधान चाहन्छौं ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहो¥याउनु भयो । राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियतको रक्षा र सम्वद्र्धनका लागि, मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क थियो ।