२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति



सांकेतिक तस्बिर
अ+ अ-

बनियानी । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गर्नुभएको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो ।

आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।