२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन



अ+ अ-

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ ।

सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री मेटमणि चौधरी, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको छ ।

सहरी विकास मन्त्रालयको रु एक अर्ब ११ करोडको लागतमा दुई चरणमा गरी सो सम्मेलन केन्द्र निर्माण गरिएको हो । दुई चरणमा गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिएको हो ।