२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप तीन सय २४ मा कोरोना सङ्क्रमण पुष्टि



file
अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप तीन सय २४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय १५ को नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७३ ले पिसिआर र एक हजार आठ सय ४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १५ हजार नौ सय ३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय १८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८० हजार छ सय ६३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार नौ सय ४३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार सात सय ६६, संस्थागत आइसोलेसन एक सय ७७, आइसियुमा ५० र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, डोल्पा, मुग र जाजरकोट रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार दुई, ललितपुरमा छ सय आठ र भक्तपुरमा ४५ सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।