२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरीले श्रीमानको घाँटी छिनाई खोलामा बगाउने श्रीमती र साली पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’ को हत्या अभियोगमा मृतककै पत्नी र सालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीया कुमारी कामी र १८ वर्षीया मनिषा बि.क. रहेका छन् । भाद्र १ गते ११ः१५ बजेको समयमा बागलुङ निसिखोला गाउँपालिका ४ कालीमाटीस्थित निसिखोलाको किनारमा वडा नं. ५ कामीडाँडा बस्ने २५ वर्षीय फर्से भन्ने तुल बहादुर बि.क.को घाटी काटिएको अवस्थामा टाउको नभएको लाश फेला परेको थियो ।

ज्यान सम्बन्धी कसुरको अनुसन्धानको क्रममा गत साउन २५ गते रातको समयमा मृतकलाई उनकै श्रीमती कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लगि शवलाई खोलामा बगाईदिएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने कुमारी कामीकी बहिनी बर्ष १८ की मनिषा बिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीको निर्देशन र सहयोगमा उनीहरुलाई शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।