२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

छेला औद्योगिक क्षेत्र: शिलान्यास भयो, गति सुस्त



अ+ अ-

महेन्द्रनगर । डेढ वर्षअघि कञ्चनपुरको छेला औद्यागिक क्षेत्रको शिलान्यास भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको बेदकोट नगरपालिमा पर्ने औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि त्यसपछि आयोजनाको गति भने सुस्त छ ।

झण्डै तीन सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा १७ महिना बितिसक्दा पनि त्यहाँ पर्ने रुखको लगत लिने काम सकिएको छैन । डिभिजन वन कार्यालयले १७ हजारभन्दा बढी रुखको छपान कार्य सकिए पनि वर्षात्का कारण अहिले रोकिएको जनाएको छ । रुख छपान र नम्बरिङको काम सकिने समय लाग्ने देखिएको छ । रुख छपानको काम सकिएपछि वन मन्त्रालयमा उक्त फाइल पेश भएपछि मन्त्रिपरिषद्ले रुख कटानको निर्णय गर्ने वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले बताउनुभयो ।

बेदकोटका वडा नं २ र ३ मा नौ सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको लक्ष्य लिइए पनि सुरुवातमा तीन सय बिघामा स्थापनाको काम थालिएको हो । औद्योगिक क्षेत्रमा २३ साना उद्योग, ४४ मझौला उद्योग र ३३ ठूला उद्योग स्थापनाका लागि आवेदन परेका छन् । सरकारले चालु आवमा औद्योगिक क्षेत्र निर्माण प्रक्रियाका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । केही महिनाअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको निरीक्षण गरेर फर्किएपछि बजेट विनियोजन गरिएको हो ।

उहाँले सो औद्योगिक क्षेत्र र दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणका लागि सरकार लागि परेको भन्दै चालू आवमै निर्माणको थालनी गरिएको जनाउनुभएको थियो । रु आठ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा कृषि, खनिज तथा विद्युत्जन्य उद्योग, फलाम तथा स्टील, निर्माणसम्बन्धी उद्योग स्थापनाको योजना रहेको छ । छब्बीस वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा छेला औद्योगिक क्षेत्र स्थापना गर्ने भए पनि दशकौँ बितिसक्दा पनि निर्माणको सुरुवात भएको छैन ।

बेदकोटका नगरप्रमुख भोजराज बोहराले चाँडै औद्योगिक क्षेत्र निर्माणको थालनी हुनेमा आफू आशावादी रहेको बताउनुभयो । “प्रधानमन्त्रीदेखि उद्योग मन्त्रीसम्म यस क्षेत्रकै भएकाले औद्योगिक क्षेत्रको कामअघि बढ्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “निर्माण प्रक्रियाका लागि सरकारले रु एक अर्ब बजेटसमेत बिनियोजन गरिसकेको छ ।” उहाँले रुख छपानपछि कटानको प्रक्रिया तत्काल अगाडि बढ्ने बताउनुभयो । रासस