१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विचौलियाहरुबाट कमाउनमा व्यस्त छः सांसद सुनुवार



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको आरोप लगाउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेताहरु चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरु कमिशनमा चलेको, ठेकेदारहरु कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दवाव दिनु भयो । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरुमा ढिलाई रहँदा पनि सरकारले कुनै चासो नदिएको उहाँको गुनासो थियो । सांसद सुनुवारले भन्नु भयो, ‘सरकार विचौलियाहरुबाट कमाउन व्यस्त छ ।

नेताहरु चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरु कमिशनमा रमाउने, अनि ठेकेदारहरु काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ–सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरुलाई कारबाही हुनु पर्दछ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन ।

मेरो जिल्ला ओखलढुंगामा समेत थुप्रै सरकारी भवनहरु, सडक कालोपत्रे लगायतका स्तरोन्नति गर्नुपर्ने अनि विद्यालय भवनहरु, सँगसँगै स्वास्थ्यका भवनहरु अनि पुलहरु, सडकहरु निर्माणमा जुन प्रकारले ढिला भईरहेको छ । यसले नागरिकलाई त्यहाँका जनतालाई ठूलो मार परिरहेको कुरा मैले पटकपटक उठाईरहेको छु । ’

सांसद सुनुवारले पुलपुलेसाहरुको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताउनु भयो ।