२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको हुन्छः विश्वप्रकाश शर्मा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जान काँग्रेस सक्षम रहेको दाबी गर्नुभयो । उहाँले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम रहेको बताउनु भयो ।

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरुमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताउनु भयो । महामन्त्री शर्माले नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छाँै, अब जित्नै पर्दैन भन्ने एक किसिमको संकुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत हटाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कलाकार राष्ट्रका गहना होइनन्, गौरव हुन् । गहना लगाइन्छ, बिक्री हुन्छ तर गौरव बिक्री हुँदैन । दैविक प्रकोपका कारण बाढी, पहिरो गयो भन्छौँ । यो दैविक प्रकोप होइन, प्रकृतिको सही सदुपयोग गर्न नसकिएको हो । त्यसैगरी दैविक प्रकोप भन्ने जमाना भन्नेकुरा बदिलएजस्तै गहना भन्ने कुरामा पनि बदलाव गर्नुपर्छ । हामीले जित्न बाँकी छ । नेपालले विजयी भएर संसारसामु उच्च शिर राखेर हामीले समृद्धिको उचाई जित्न बाँकी छ । हामीले सानैदेखि पढाउँदै आयौं गोरखाली कहिल्यै हारेनौँ । वीर गोरखालीहरु हामी कहिल्यै हारेनौँ । कसैले मलाई संसारका अरु कोही सेनासँग डर लाग्दैद गोरखालीसँग डर लाग्छ भनिदियो कुनै विश्लेषकले । तर हामी कहिल्यै पराजित नभएका होइनौँ । पराजित भएका छौँ । तर पराधिन भएका छैनौँ ।

सिक्किम, दार्जलिङ कुनैबेला हाम्रो थएन र ? कुमाउ, गढवाल, देहरादुन हाम्रो थिएन र ? १८१६ को सुगौली सन्धी पराजयको दस्ताबेज होइन र ? हामीमा वीर गोरखाली कहिल्यै हारिएन भनेर सिकाइयो । बाँकी त के भयो र ? आपसमा लड्ने लडिरहेकै छ । दुनियाँसँग त लड्न, दुनियाँलाई त जित्नै छैन । पहल्यिै जितिसकेका छौँ हामीले । त्यसैले न्यारेसनलाई बदलेर हारेका थियौँ तर पराधिन भएका छैनौँ भन्ने सिकाउनुपर्छ । जसरी जापानीहरु पराजित भए, हिरोसिमा र नागासाकीको पीडा उनीहरुसँग छ ।

उनीहरुले बदला लिन चाहेनन् बरु बदलिएर अमेरिकासामु शिर उच्च राख्न भ्याए । हामीले पनि हाम्रो पछिल्लो पुस्तामा जित्न बाँकी छ, विजयको कथा लेख्न बाँकी छ । यो देशलाई समुन्नत उचाईमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम छ । बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा लैजानुपर्छ ।’

महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको बताउनु भयो ।