११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छः राजेन्द्र लिङदेन

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छः राजेन्द्र लिङदेन
file
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ ।

आईतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रिय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकबिहीन भएको बताउनु भयो । उहाँले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताउनु भयो । अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताउनु भयो । उहाँले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पार्नुभयो । उहाँले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । अध्यक्ष लिङदेनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गर्नुभयो । उहाँले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावक बिहीन बनेको छ । अहिलेका राजनीति दल जनताको जीउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ । बजेट बनाउँदा अनाधिकृत व्यक्ति प्रवेश गराउने व्यापारिक कोही एक घरानालाई प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ । नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेका छन् । त्यसकारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउनेहरु, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा सबै एक ठाउँ हुनुपर्ने समय आएको छ । यो पतनको बाटो हो । यो बाटोका नायकहरुबाट कुनै सुधारको आशा छैन । राजनीतिक परिवर्तनमा समेत परिवर्तन गरेर जान जरुरी छ । भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ । यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो । यसलाई बलियो ढंगले जनताको बीचमा लैजानुपर्छ । आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जानेछौँ ।’

अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गर्नुभयो । उहाँले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताउनु भयो । अध्यक्ष लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गर्नुभयो । उहाँले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले आफ्नो पार्टीले उठाएका मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता स्वीकार्नुपर्ने र ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले उठाएका मुद्दा कहिले पूरा हुन्छ भन्ने कुरा आउँछ । तर यही काँग्रेस, एमाले, माओवादी हाम्रा मुद्दामा एकमत हुने दिन आउँछ । हामीले देशका मुद्दा उठाइरहेका छौँ भने र समाधानका मुद्दा उठाइरहेका छौँ भने एकदिन सबै पार्टी हामीसँग सहमत हुन्छन् । हामीले अघि सारेका मुद्दा र मार्गचित्र देशको लागि अपरिहार्य छ । त्यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई तिहाई होइन, दुई तिहाई पर्दैन, निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्छ । हाम्रा मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता मानेर जाने मात्रै होइन, झनै व्यापक रुपमा ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्छ । आउने चुनाव शान्तिपूर्ण ढंगले कुनै ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर हो । हामीले सारेको देशको लागि वैकल्पिक मार्गचित्र अपरिहार्य छ । त्यसैले हामीले आगामी चुनावमा बुद्धिमतापूर्वक निर्वाचनको उपयोग गर्नुपर्छ । परिवर्तन आवश्यक छ र अनिवार्य छ र हुनेछ ।’

अध्यक्ष लिङदेनले आउने चुनाव ध्वंसात्मक गतिविधि नगरी देशलाई सुबाटोमा लैजाने अवसर भएकोले राप्रपाले सारेको देश विकासको वैकल्पिक मार्गचित्र अपरिहार्य रहेको बताउनु भयो ।