११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो

अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण
file
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताउनु भयो । गृहमन्त्री खाँणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताउनु भयो । गृहमन्त्री खाँणले नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारले पछिल्लो समय सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने निर्देशन गरिसकेको बताउनु भयो । उहाँले सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको बताउनु भयो ।

गृहमन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोषको नयाँ भवनका लागि सरकारले सहयोग गर्नेपनि बताउनु भयो । उहाँले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अपाङ्गहरुको संख्या पनि धेरै छ । अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने ? भन्ने ठूलो कुरा हो । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको छ । त्यो अपुग होला तर हाम्रो बजेट अनुसारको छ । हामीले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी छ । आर्थिक रुपमा, बेरोजगार भएर जो कमजोर छ, त्यसलाई कसरी माथि उठाउने ? हामीले अपाङ्गता भएकाहरुको लागि पनि सोच्नुपर्छ र जिममेवारी लिनुपर्छ भन्नेकुराको बच्चाकालदेखि नै स्कुलिङ हुन जरुरी छ । अहिले नेपाल सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने हामीले निर्देशन दिइसकेका छौँ ।

हाम्रो आधुनिक कार्यालय पनि अपाङ्गमैत्री छैन । सावर््जनिक स्थलमा अपाङ्गमैत्री शोचालयको पनि खाँचो छ । सरकारले बिस्तारै अपाङ्गमैत्री भवन वा नीति निर्माण गर्ने कुरामा ध्यान दिन थालेको छ । नेपाल सरकारले अपाङ्गका लागि पनि बजेटको भोलम बढाउने छ । यसको लागि हामी पहल गर्नेछौँ ।’

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको भन्दै यस्तो सोचबाट मुक्त समाजको निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुने गरेपनि नेपालमा त्यसको विपरित अवस्था रहेको बताउनु भयो । अध्यक्ष भट्टराईले ३३ लाख भन्दा बढी अपाङ्गहरु आवद्ध रहेको संस्था निरिह अवस्थामा पुग्नु दुःखद् भएको बताउनु भयो । उहाँले हालै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएकोले सहयोगको अपेक्षा गरेको र पुनर्निर्माण हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भिन्न क्षमता भएका नागरिकहरुको लागि सहयोग गर्दै आएको राष्ट्रिय अपाङ्ग कोष केवल नाम मात्रैको भएको छ । यसको अवस्था जिर्ण छ । संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुन्छ, तर नेपालमा अझै पनि अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिइन्छ । ३३ लाख भन्दा बढी अपाङ्गताहरु रहेको संस्थाको एकमात्र सरकारी निकाय आज निरिह अवस्थामा छ । भर्खरै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएको छ । यसलाई पुनर्निर्माणको लागि सहयोग हुनेछ भन्ने आशा गरेको छु ।’

हस्तान्तरण भएका सामग्रीमा ८ वटा एम्बुलेन्स छन् । जसमा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत उच्च स्तरको एम्बुलेन्समा हुने सै ेवा छन् । यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिने व्यवस्था छ । यसमा सिसिटिभीको समेत जडान गरिएको छ । यी एम्बुलेन्स सबै प्रदेशमा एक एक वटाका दरले प्रदान गरिनेछ भने एउटा काठमाडौं उपत्यकामा रहनेछ । त्यस्तै विपद्पछि उद्धारका लागि आवश्यक सर्च एण्ड रेस्क्यू उपकरण पनि हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्ग कोषलाई अपाङ्गता सहायता सामग्री ह्विलचेयर, कुत्रिम हातखुट्टा लगायत सामग्री हस्तान्तरण गरिएको छ ।