२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा बैठकः संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन जारी राख्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजसंस्था र वैदिक सनतान धर्मसापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना लगायतका विषयमा गर्दै आइरहेको आन्दोलनलाई निरन्तर संचालन गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा साउन ५ देखि ७ गते पार्टीको केन्द्रीय कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको निर्णय निकालेको छ ।

वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नु पर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई राप्रपाले अघि सारेको छ ।

यस्ता छन् निर्णयहरुः




भर्खरै