५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रद्वारा गभर्नर अधिकारीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्नुभएको छ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उहाँले नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाउँदै २०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको बताउनुभयो ।

एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन नगर्नुभएको भन्दै उहाँले खण्डन गर्ने स्थिति होला कि नहोला प्रश्न रहेको बताउनुभयो ।

यसरी अलमल गर्नुभन्दा विवाद भएपछि गभर्नरले राजीनामा दिनु राम्रो हुने उहाँले बताउनुभयो । विसं २०७३ सालमा एमालेको सोही विभागमा गभर्नरको नाम नै स्पष्टसँग राखिएको भन्दै नेता श्रेष्ठले अहिले एम अधिकारी भन्ने चाहिँ अर्कै हुनुहुन्छ भनेर प्रष्ट्याउनुपर्ने बताउनुभयो ।




भर्खरै