२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकटः एम्बुलेन्स चलाउन समेत इन्धनको अभाव



अ+ अ-

एजेन्सी । श्रीलंकामा राजनीतिक र आर्थिक संकट गहिरिँदै गएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सचिवालयमा तोडफोड गर्दै बाहिर निस्कन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री–राष्ट्रपतिले राजीनामा नदिएसम्म उनीहरु आन्दोलनबाट पछि नहट्ने जिकिर गरेका छन् ।

एम्बुलेन्स चलाउन पनि डिजेल–पेट्रोलको अभाव भएको छ । अवस्था यति नाजुक बनेको छ । एम्बुलेन्स सेवाले सर्वसाधारणलाई फोन नगर्न अनुरोध गरेको छ भने सेवा दिन नसकेकोमा क्षमा मागेको छ ।

यसैबीच, सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति गोटबायाले देश छाडेको र बुधबारसम्म फर्कने जानकारी दिएका छन् । तर, पछि सभामुखले आफ्नो बयान फिर्ता लिँदै आफूले गल्तीले राष्ट्रपतिले देश छाडेको बताएको तर राष्ट्रपति श्रीलंकामा नै रहेको बताएका छन् ।

राष्ट्रपतिले बुधबार राजीनामा दिनेछन्
राष्ट्रपति गोताबाया राजापाक्षेले बुधबार पदबाट राजीनामा दिने सभामुखलाई जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्झौता ढिलाइ हुने अपेक्षा गरिएको छ । वैदेशिक आर्थिक सहायता नहुँदा श्रीलंकाको अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ ।