२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालन



अ+ अ-

लमजुङ । बाढीपहिराले अवरुद्ध बनाएको करिब ८ घण्टापछि डुम्रे बेँसीशहर सडकखण्ड सञ्चालनमा आएको छ । गएरातिको वर्षाले यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले आज बिहानैदेखि अवरुद्ध बनेकोमा सवा १२ बजेदेखि सञ्चालनमा आएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युतविलास पन्तका अनुसार माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको भागको अवरोध हटाएसँगै पुनःसवारी सञ्चालनमा आएको हो । गतवर्ष र केही हप्ता अघि गएको बाढीले डुम्रे बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ ।

उक्त योजना कार्यालयका प्रमुख पन्तले भन्नुभयो, “वैकल्पिक रुपमा सञ्चालन गरिएको यस सडकसमेत दैनिकजसो पहिराले अवरुद्ध बनाउँछ, डोजरले पहिरो हटाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”