१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’

सासंदको प्रश्न: तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता किन नदिएको ?

सासंदको प्रश्न: तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता किन नदिएको ?
अ अ+ अ-

काठमाडौं ।  सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ ।

गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनुभएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन ।

तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गत बुधबार मात्रै व्यास गाउँपलिका–२ तुम्लिङका १८ वर्षीय सञ्जीव बुढाथोकी भारतबाट तुइन तरेर नेपाल फर्कने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएको उहाँले सदनलाई जानकारी गराउनुभयो । अहिलेसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाले ज्यान गुमाइसकेको उहाँको भनाइ छ ।

तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने सरकारको योजना भए पनि केही स्थानमा मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको सांसद कडरियाले बताउनुभयो । “वर्तमान सरकारले तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता नदिएका कारण अत्यावश्यक स्थानमा तुइन हटेर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “सोही कारण तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ।”

महाकालीमा मात्र तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना भए पनि सात ठाउँमा निर्माण कार्य शुरु हुन नसकेको भन्दै उहाँले त्यस्ता ठाउँमा तत्काल पुल निर्माण गरेर जनताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खिमलाल देवकाटाले ललितपुरको भैँसेपाटीमा छ वर्षदेखि अलपत्र अवस्थामा रहेको ५०० मिटर सडक निर्माण गर्न आफूँले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नै नभएको र मुलुकमा सरकार छ भन्ने अनुभूति नै नभएको बताउनुभयो । सांसद दीलकुमारी रावल थापा ९पार्वती०ले मुलुकको सबै भन्दा पूरानो त्रिभूवन विश्वविद्यालयमा भइरहेको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अनिता देवकोटाले सङ्घीयासँगै जनताले शान्ति, विकास र समृद्धिको अपेक्षा लिएको भए पनि जनअपेक्षाअनुसार काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा उपेक्षामा परिरहेको र यसले अपेक्षाकृत फड्को मार्न नसकेको हुँदा यसतर्फ सरकारको प्राथमिकता र ध्यान दिनु जरुरी छ भन्नुभयो । “आदिकविको जन्मस्थल आन्तरिक तथा बाह्य सांस्कृतिक पर्यटकको प्रचूर सम्भावना भएको पर्यटकीय स्थल हो, यसको विकासमा सरकारकाले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको तातोपानी नाका जोडिएर कोदारी राजमार्गमा रहेको साँधी खोलामा निर्माणाधीन पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्नुैपर्नेमा साढे दुई वर्ष बितिसक्दा पनि करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको भन्दै तत्काल निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । रासस