२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आबेको मृत्युपछि सम्पन्न निर्वाचनमा जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने प्रक्षेपण



अ+ अ-

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ ।

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा बिजय हुने अनुमान एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यस पहिले उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिनुभएको थियो ।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानियो । उक्त घटनामा सख्त घाइते बनेका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकोप्टरबाट अस्पतालमा पुर्याइएको थियो । तर गोली लागि अत्यधिक रक्तश्राब भएका उहाँको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उहाँको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले राष्ट्रलाई ठूलो झट्का दिएको छ र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको छ ।