८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी

सडक ढलान लम्बिँदा कष्टकर यात्रा गर्दै चापागाउँवासी
अ+ अ-

ललितपुर । ललितपुरको गोदावरी–१० की सुष्मा थापालाई दैनिकरुपमा छोरालाई विद्यालय जाने बससम्म लैजान र पुर्याउन तीन किलोमिटरसम्मको कष्टकर यात्रा पार गर्नुपर्छ । पहिले पहिले घरसम्म नै विद्यालयको बस आउने गरेकामा प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहँदा हाल चापागाउँ प्रहरी चौकीसम्म मात्रै बस सञ्चालन हुन्छ ।

एकातिर सानो छोरा एक्लै हिँड्न नसक्ने र अर्कातिर गह्रौँ झोलाका कारण पुर्याउन र लिन जानुपरेको थापाले बताउनुभयो । कहिलेकाहीँ कोही चिनेको मान्छे भेटेर निजी सवारीसाधन चढेपनि अधिकांश दिन हिँडेरै जानुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर यस्तो घाममा हिँड्दा आफूलाई र बच्चालाई थकाइ लाग्ने र त्यही थकाइले दिनभरि काम गर्न नसक्नेछ ।”

लेलेका अशोक नगरकोटी ठेचोमा घर बनाउने ठाउँमा काम गर्न हिँडेरै आउने जाने गर्नुभएको छ । सडक बन्दै गरेकाले रुटको गाडि नचलेकाले हिँडेरै आउन जान बाध्य भएको उहाँको गुनासो छ । महिनौँसम्म सडक अवरुद्ध हुँदा धेरैले दुःख पाइरहेकाले सडक चाँडो सम्पन्न हुनुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, “आफूसँग गाडी नहुने दिन उमेरका त जसोजसो हिँड्छन् तर बच्चा र बुढाबूढीलाई आउन जान गाह्रो भएको छ ।”

गोदावरी नगरपालिका प्याङगाउँदेखि चापागाउँको चौकीसम्मको सडक ढलान भइरहेकाले एक महिनाभन्दा लामो समयदेखि मुख्य सडक बन्द छ । सडक बन्द हुँदा लगनखेलबाट आउने रुटका सवारीसाधन वडा नम्बर १० सम्म जान सकेका छैनन् । नगरपालिकाको १० र ११ वडाका स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन् । मुख्य सडक नै सञ्चालन हुँदासमेत घण्टौँसम्म स्थानीयवासी जाममा पर्ने गरेकामा अहिले वैकल्पिक सडकमा जामका कारण चक्रपथ निस्कन घण्टौँ लाग्ने गरेको छ । सडक निर्माण गर्नैपर्ने भए पनि वैकल्पिक सडकको राम्रो व्यवस्थापन नहुँदा आवतजावत गर्न गाह्रो भएको स्थानीयवासीको गुनासो छ ।

गोदावरी नगरपालिका मात्रै नभएर ललितपुरका तीन गाउँपालिका र मकवानपुरका दुई गाउँपालिकाका बासिन्दा चापागाउँकै सडक भएर आवतजावत गर्थे । सडक निर्माण लम्बिँदा उनीहरु सबै कष्टकर यात्रा गर्न बाध्य छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले सडकमा सवारीसाधनको व्यवस्थापन गर्न सकिन्छ भनी नगरपालिकाले सडक व्यवस्थापन गर्न सकिन्छ भनेकै कारणले ढलान गर्न थालिएको बताउनुभयो । सडक रोक्न थालिएको एक महिना भइसकेको छ भने अझै दुई साता लाग्ने देखिएको छ । प्याङगाउँको माथिल्लो क्षेत्र ढलान सकिएर खुलाइसकिएको र तल्लो क्षेत्र अझै कम्तीमा १५ दिन लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक हप्ता ढलान गर्न लागे पनि त्यसको सेटिङका लागि पनि समय लाग्छ ।”

सडकको चाप व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको हुने गरी सडक निर्माण सुरु गरिएको थियो । नगरपालिकाले वैकल्पिक बाटो छ रोकेर काम गर्न सकिन्छ भनेपछि नगरपालिकाको पहलमा काम सुरु गरिएको प्रमुख ओझाले बताउनुभयो ।

नगरपालिकासँग पहिले पटकपटक छलफल पछि ढलान गरिएको हो । उहाँले भन्नुभयो, “पहिलो सडक ढलान गर्ने नभएर कालोपत्र गर्ने योजना थियो, नगरपालिकाले विकल्प छ भनेपछि सुरु भएको हो ।”

पाँच वर्ष पहिले ढोलाहिटी–लेले सडक विस्तार सुरु भएकामा प्याङगाउँ–चापागाउँ चौकीसम्मको खण्डमा मात्रै ढलान गर्न लागिएको हो । विगतमा कालोपत्र गरेको केही समयमा नै उप्केको अरुतिरको सडकमा भने पुनःकालोपत्र नै गरिने प्रमुख ओझाले बताउनुभयो ।

सुनाकोठीलगायत स्थानमा मर्मतको काम बाँकी छ । वर्षाका कारण गर्न नसकिएको भए पनि सो सडकमा कालोपत्र नै गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन ठेक्कामध्ये एउटा मात्रै बाँकी छ, एउटा खण्डमा मर्मत भएपछि पूरा हुन्छ ।”

सो सडकमा तीन प्याकेजमा काम भइरहेकामा दुई सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् भने एउटामा निर्माणको केही काम बाँकी छ । चापागाउँ खण्डमा गत वर्ष निर्माण सम्पन्न भएकामा अहिले नयाँ ठेक्कामार्फत ढलान गरिएको हो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सडक निर्माणका क्रममा नागरिकले दुःख पाए पनि यो सडक दीर्घकालीनरुपमा राम्रो बनाउन लागिएको बताउनुभयो । वैकल्पिक सडक हिँड्दा नागरिकले दुःख पाइरहेको र आफूसँग गुनासो आइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ढलानका लागि बढी पानी चाहिने भएकाले वर्षामा काम गरिएको छ ।” प्याङगाउँबाट हाल पाउली उकालोसम्म सडक ढलान सकिएर खोलिइसकिएको प्रमुख महर्जनले बताउनुभयो । वर्षौंसम्म सडक बनेन भनी नागरिकले गुनासो गरिरहेकामा अब त्यसको अन्त्य हुने उहाँको भनाइ छ ।

मुख्य सडकमा निर्माणको काम भइरहँदा कतिपय साना र कतिपय ठूला वैकल्पिक सडकमा सवारीसाधन डाइभर्ट गरिएको नगरपालिकाले जनाएको छ । वैकल्पिक सडकका लागि मर्मत गरी सजिलो बनाउन लागिएको प्रमुख महर्जनले बताउनुभयो । साङ्ग्रिलाबाट झरुवारासी निस्कने सडकमा २०० टिप ग्राभेल हालिएको छ । मूल वैकल्पिक बाटो भएकाले यसबाट ठूला गाडी जाने र साना सवारीसाधन अरु सडकबाट पनि जानसक्ने उहाँले बताउनुभयो ।

पाउलीबाट भित्री बाटो हुँदै झरुवारासीको सन्तानेश्वर वा धापाखेलबाट नागदह भएर जान सकिने उहाँले बताउनुभयो । वैकल्पिक सडक हुँदै हिँड्नुपर्दा केही समय नगरवासीलाई सास्ती भए पनि त्यसपछि सजिलो हुने उहाँले बताउनुभयो ।

तत्कालका लागि उपलब्ध चौडाइमा नै सडक ढलान गरिएको भए पनि दीर्घकालीनरुपमा सडकलाई विस्तार गरिनुपर्ने प्रमुख ओझाले बताउनुभयो । सडकका कारण क्षति पुग्ने घरधनीलाई क्षतिपूर्तिका लागि सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो । क्षतिपूर्तिका लागि यो वर्ष केही हुनसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अस्थायी निर्माण भए पनि अन्तिम बिन्दु सडक विस्तार हो । हाल भइरहेको सडक विस्तार अर्को विकल्प छैन ।” सरकारले विसं २०७२ मा सडक विस्तार सुरु गर्दा काठमाडौँका सडक २२ मिटर चौडाइ र ललितपुरका सडक २० मिटर चौडाइमा विस्तार गर्नेगरी ठेक्का सम्झौता गरिएको थियो । ठेक्का भएको केही वर्षसम्म पनि सडक विस्तार गर्न नसकिएपछि सरकारले सबै सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । बस्ती क्षेत्रमा १६ मिटरसम्ममा विस्तार गर्न सबै सहमत भएको नगरपालिकाले जनाएको छ ।

यो सडकमा हाल थोरै स्थानमा मात्रै मापदण्डानुसार कालोपत्र भएको छ । खासगरी बस्ती नभएको क्षेत्रका रुपमा रहेको टाखेल–टीकाभैरव सडकबाहेक अन्यत्र मापदण्डभन्दा आधा वा सोभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । रासस