५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा पानीको दह !



अ+ अ-

काठमाडौँ । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् ।

यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गर्नुभयो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परेका हुन् । जसका कारण स्थानीयवासीले आयोजनालाई गाली गरिरहेका छन् ।

निर्देशनालयका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठ यो सडक कालोपत्र हुने क्रममा रहेको बताउनुहुन्छ । वर्षात्का कारण केही समय काम रोकिए पनि छिट्टै काम सम्पन्न हुने उहाँको भनाइ छ ।