७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

पं. नवराज शारदा स्मृति समाजबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना

पं. नवराज शारदा स्मृति समाजबाट १० लाख रुपैयाँको अक्षयकोष स्थापना
अ+ अ-

काठमाडौं । पं. नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पं.नवराज पौडेलको जन्मजयन्तीको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सोको घोषणा गरिएको हो । आफ्ना अभिभावकका योगदानलाई मनन गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको हो ।

कार्यक्रम समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पं. नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिनुभएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताउनुभयो । साथै पं नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभयो ।

बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामुहिक दीप प्रज्वलन तथा पं.नवराज पौडेल ज्यूको तस्वीरमा माल्यार्पण गरी समाजको विधिवत् समुद्घाटनसँगै शुरु भएको सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरुद्वारा पं.नवराज पौडेलको व्यक्तित्व तथा योगदान बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा पं.नवराज पौडेलसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु तथा पौडेल परिवारका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।