२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको दिन मृत्त भेटिएका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी



अ+ अ-

काठमाडौं । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानूनी कारबाहीको माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज  पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घट्नाको निश्पक्ष छानबिनको माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मृत्तकका माइला बुवा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्न प्रहरीले सहयोग नगरेको गुनासो पोखेका छन् । पौडेलले घट्ना भएलगत्तै बाराको सिमराका डिएसपीले आफूसँग अल्पलाइन अस्पताल पुगेको र मृत्तकको शरीरमा घाउ–चोट नदेखिएको हुनाले सामान्य ठानेर आफू फर्किएको सुनाएको उल्लेख गरे ।

डिएसपीको निर्देशनपछि इन्सपेक्टर घटनास्थल पुगेको तर सबै प्रमाण पानीले धोइपखाली गरेको भन्दै पौडेलले आक्रोस पोखे । उनले भने,‘प्रमाण त झन सुरक्षित राख्नुपर्दथ्यो, तर त्यहाँ त उल्टै धोइपखाली गरेर नष्ट गरियो ।’ उनले भने,‘मृत्तकको टाउको पछाडि चोट लागेको छ भनेर जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानेन । त्यो लाइन हटाउन लगायो, तर हामी मानेनौं । हाम्रा वकिलले धेरै बेर सम्झाएपछि मात्र जाहेरी दर्ता गरियो ।’ ४–५ जनाले अगाडीबाट हानेर र एउटाले पछाडीबाट हानेर हत्या भएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

घाउको अवस्था हेर्दा हानेर मारेकैजस्तो प्रष्ट देखिने पनि उनको भनाई थियो । भतिजको हत्या चुनावको दिन भएकोले पनि समस्या हुने भनेर परिवारले शव बुझेको उनले स्पष्ट पारे । मृत्तकको शव देवघाटमा लगेर दाहसंस्कार गरेको उनले सुनाए । घट्नाको ११औं दिनमा सिमराका डिएसपी आएर छिमेकको सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाएपनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको स्पष्ट पारे ।

हत्या प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै पौडेलले भने,‘उहाँहरुले भनेजस्तो सानी केटीले कुटोको बिँडले हानेर रगत आएपछि राकेश बहिर गएर ढलेको होइन्,  त्यत्रो अजंगको मान्छेलाई कसरी सानी फुच्चीले हानेर मार्न सक्छिन् र?’ घट्ना भएको घरकी बालिका र परिवारलाई प्रहरीसमक्ष सत्यतथ्य सबै बताईदिन आग्रह गर्दा उनीहरुले आफूहरुलाई केही थाहा नभएको मात्रै भनिरहँदा आफ्नो परिवारमा हत्या प्रकरणबारे झन् आशंका बढेको उनले सुनाए ।

उनले घट्नामा संलग्न बास्तविक दोषीलाई कारबाहीको माग गर्दै सानी केटीलाई देखाएर बास्तविक हत्यारा लुकाउने प्रपञ्च नगर्नसमेत प्रहरी प्रशासनलाई आ्रह गरे । राकेशको मृत्युपछि अवरुद्ध भएको राजमार्गको बारेमा पौडेलले भने,‘हाम्रो परिवारको पृष्ठभुमिलाई हाइवे बन्द गर्नु कुनै ठुलो कुरा होइन् । १८ वटा गाडी आफ्नै भएपछि बाटो रोकिनु सामान्य हो ।’ उनकाअनुसार मृतक राकेश ठेक्कापट्टा गर्दै आएका थिए । राकेशको हत्या भएको घर आफ्नो घर नजिकै भएको उनले बताए । अहिलेसम्म प्रहरीले उक्त घटनामा सम्लग्न १३ जनालाई पक्राउ गरिसकेको छ ।

राकेश बारा जितपुरसिमरा उ.म.न.पा–६ नगौल टोलस्थित् दलबहादुर क्षेत्रीको घरको भर्याङको नजिक तल माटोको भुईँमा गत बैशाख ३० गते बिहान ३ बजे मृत्त रहेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ ।