७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी

निर्वाचनको दिन मृत्त भेटिएका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी

निर्वाचनको दिन मृत्त भेटिएका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी
अ+ अ-

काठमाडौं । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी हदैसम्मको कानूनी कारबाहीको माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज  पत्रकार सम्मेलन गर्दै परिवारले प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घट्नाको निश्पक्ष छानबिनको माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मृत्तकका माइला बुवा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्न प्रहरीले सहयोग नगरेको गुनासो पोखेका छन् । पौडेलले घट्ना भएलगत्तै बाराको सिमराका डिएसपीले आफूसँग अल्पलाइन अस्पताल पुगेको र मृत्तकको शरीरमा घाउ–चोट नदेखिएको हुनाले सामान्य ठानेर आफू फर्किएको सुनाएको उल्लेख गरे ।

डिएसपीको निर्देशनपछि इन्सपेक्टर घटनास्थल पुगेको तर सबै प्रमाण पानीले धोइपखाली गरेको भन्दै पौडेलले आक्रोस पोखे । उनले भने,‘प्रमाण त झन सुरक्षित राख्नुपर्दथ्यो, तर त्यहाँ त उल्टै धोइपखाली गरेर नष्ट गरियो ।’ उनले भने,‘मृत्तकको टाउको पछाडि चोट लागेको छ भनेर जाहेरी दिँदा प्रहरीले जाहेरी लिन मानेन । त्यो लाइन हटाउन लगायो, तर हामी मानेनौं । हाम्रा वकिलले धेरै बेर सम्झाएपछि मात्र जाहेरी दर्ता गरियो ।’ ४–५ जनाले अगाडीबाट हानेर र एउटाले पछाडीबाट हानेर हत्या भएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

घाउको अवस्था हेर्दा हानेर मारेकैजस्तो प्रष्ट देखिने पनि उनको भनाई थियो । भतिजको हत्या चुनावको दिन भएकोले पनि समस्या हुने भनेर परिवारले शव बुझेको उनले स्पष्ट पारे । मृत्तकको शव देवघाटमा लगेर दाहसंस्कार गरेको उनले सुनाए । घट्नाको ११औं दिनमा सिमराका डिएसपी आएर छिमेकको सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाएपनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको स्पष्ट पारे ।

हत्या प्रकरणको छानबिनमा संलग्न प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै पौडेलले भने,‘उहाँहरुले भनेजस्तो सानी केटीले कुटोको बिँडले हानेर रगत आएपछि राकेश बहिर गएर ढलेको होइन्,  त्यत्रो अजंगको मान्छेलाई कसरी सानी फुच्चीले हानेर मार्न सक्छिन् र?’ घट्ना भएको घरकी बालिका र परिवारलाई प्रहरीसमक्ष सत्यतथ्य सबै बताईदिन आग्रह गर्दा उनीहरुले आफूहरुलाई केही थाहा नभएको मात्रै भनिरहँदा आफ्नो परिवारमा हत्या प्रकरणबारे झन् आशंका बढेको उनले सुनाए ।

उनले घट्नामा संलग्न बास्तविक दोषीलाई कारबाहीको माग गर्दै सानी केटीलाई देखाएर बास्तविक हत्यारा लुकाउने प्रपञ्च नगर्नसमेत प्रहरी प्रशासनलाई आ्रह गरे । राकेशको मृत्युपछि अवरुद्ध भएको राजमार्गको बारेमा पौडेलले भने,‘हाम्रो परिवारको पृष्ठभुमिलाई हाइवे बन्द गर्नु कुनै ठुलो कुरा होइन् । १८ वटा गाडी आफ्नै भएपछि बाटो रोकिनु सामान्य हो ।’ उनकाअनुसार मृतक राकेश ठेक्कापट्टा गर्दै आएका थिए । राकेशको हत्या भएको घर आफ्नो घर नजिकै भएको उनले बताए । अहिलेसम्म प्रहरीले उक्त घटनामा सम्लग्न १३ जनालाई पक्राउ गरिसकेको छ ।

राकेश बारा जितपुरसिमरा उ.म.न.पा–६ नगौल टोलस्थित् दलबहादुर क्षेत्रीको घरको भर्याङको नजिक तल माटोको भुईँमा गत बैशाख ३० गते बिहान ३ बजे मृत्त रहेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ ।