• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

मन्त्रीले बोलेको ‘असंसदीय शब्द’ हटाउन सभामुखको रुलिङ



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादाविपरीतका शब्द हटाउन रुलिङ गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाउनुभएको प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख सापकोटाले रुलिङ गर्नुभएको हो ।

बिहीबारको संसद बैठकमा एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

आजको बैठकमा उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको उल्लेख गर्दै ओलीले ‘स्तरहीन अभिव्यक्ति’ दिएको बताउनुभएको थियो ।

एमाले सांसदहरुले आफ्नो पार्टी अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोध जनाउँदै संसद बैठकमा अवरोध समेत गरेका थिए । त्यसपछि बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति बनेको हो ।