११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलका नेतामाथि मन्त्रीको अस्वाभाविक टिप्पणी, एमालेको विरोध, बैठक रोकियो (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीमाथि विभिन्न आरोप लगाएपछि संसद् बैठक अवरुद्ध भएको छ ।

मन्त्री बडुले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षदलका नेता ओलीलाई कमिसनमा लिप्त रहेको, सत्ता छाड्नु परेको तथा कुण्ठा व्यक्त गरेको टिप्पणी गर्नुभएको थियो । मन्त्री बडुले ‘साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैँ हरियो देख्छ’ भन्ने उखान स्मरण गराउँछुु भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयो ‘आफू प्रधानमन्त्री हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन परेकोले कमिसनबाहेक के नै देख्न र सोच्न सक्दछ र भन्ने कुरालाई स्मरण गराउँछु । यस कुराले पूर्वप्रधानमन्त्री र प्रतिपक्षी दलका नेताकै व्यक्तित्व र गरिमालाई कति क्षति पुर्‍याएको छ स्वयं बुझ्ने विषय हो। सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि म सुझाव दिन चाहन्छु।’

मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले नियमापत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्रीले व्यक्त गरेका असंसदीय र अमर्यादित शब्द फिर्ता नलिँदासम्म बैठक चल्न नसक्ने बताउनुभएको थियो । एमालेको विरोधपछि १५ मिनेटको लागि बैठक रोकिएको छ ।