१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद



अ+ अ-

इस्तानबुल, टर्कीे । ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले जनाएको छ। 

टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले युरोपेली युनियनमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूले प्रयोग गर्ने सीमावर्ती शहर इप्सालामा एक दर्जन आप्रवासीको चिसोले मृत्यु भएको बताएका छन्।

सोइलुले ट्वीटरमा लेखेका छन् ''ग्रीक सीमा अधिकारीहरूले तिनीहरूलाई हटाएको र तिनीहरूको जुत्ता र लुगाहरू खोसिएको छ।'' उनले धमिलो तस्बिरहरू ट्वीट गर्दै कम्तिमा आठ व्यक्तिको शव आंशिक रूपमा लुगा लगाएको र माटोमा लडिरहेको देखाइएको देखिन्छ भनेर लेखेको सीएनएनले रिपोर्ट गरेको छ। सोयलुले ग्रीक सीमा गस्ती र एकाइहरूलाई ठगको संज्ञा दिँदै युरोपेली संघ 'उपचारविहीन, कमजोर र मानवीय भावनाहरूको शून्य' रहेको टिप्पणी समेत गरेका छन् ।

यसैगरी ग्रीसका अध्यागमन मन्त्री नोटिस मिताराचीले सोइलुको  उक्त आरोप अस्वीकार गरेका छन् । 'इप्साला नजिकैको टर्की सीमामा १२ आप्रवासीको मृत्यु हुनु दुःखद घटना हो,' उनले एक विज्ञप्तिमा भने। 'तर यस घटनाको पछाडिको सत्य मेरो समकक्षीले गरेको झूटो प्रचारसँग मिल्दोजुल्दो छैन।'

मिताराचीका अनुसार ती आप्रवासीहरू कहिल्यै सीमामा पुगेका छैनन्। ''उनीहरूले गरेको कुनै पनि सुझाव वा दावी वास्तवमा पूर्णतः बकवास हो,'' उनले भने। ''निराधार दावीहरू गर्नुको सट्टा टर्कीले आफ्नो दायित्वहरू पूरा गर्न र यी खतरनाक यात्राहरू रोक्न काम गर्न आवश्यक छ'' उनले भने ।

१२ जना आप्रवासीहरू २२ जनाको समूहमा थिए। क्षेत्रीय अधिकारीहरूले एक विज्ञप्तिमा जनाएअनुसार उनीहरूले अझै बाँकी १० जनाको खोजी गरिरहेका छन् । उक्त  घटनाको अनुसन्धान शुरु गरिएको छ। (रासस/एएनआई)




भर्खरै