© 2023
रोल्पा । रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् ।