© 2023
काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो । जितसँगै पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली प्लेअफको दौडबाट बाहिरिएको छ । २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रनमा अलआउट भयो