१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

एनपीएल: पोखरासँग पराजित कर्णाली प्लेअफबाट बाहिरियो

एनपीएल: पोखरासँग पराजित कर्णाली प्लेअफबाट बाहिरियो
अ अ+ अ-

काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो । जितसँगै पोखराले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली प्लेअफको दौडबाट बाहिरिएको छ ।

२०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रनमा अलआउट भयो । उसका लागि मार्क वाटले अर्धशतक प्रहार गरेपनि टोलिको हार टार्न सकेनन् । ३४ बल खेलेका उनले ५ छक्का र ४ चौकाको मद्दतले ५९ रन जोडे ।

यस्तै नजिबुल्लाह जाद्रानले २४, पवन सराफले १९, प्रीयाङ्क पान्चालले १६ रन जोड्दा सोमपाल कामीले १३ रन बनाए ।

वलिङतर्फ पोखराका ऋषि धवन र धनन्जय लक्षनले तीन-तीन तथा किरण ठगुन्ना, कुशल भुर्तेल र सन्दीप क्षेत्रीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन जोड्यो ।

रोसिङ्टनले शतकीय पारी खेले । उनले ५४ बलमा शतक बनाएका हुन् । ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । उनले ११ चौका र ७ छक्का प्रहार गरे ।

समग्र एनपीएलमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन् भने जारी प्रतियोगितामा दोस्रो हुन् । यस्तै जेसन रोयले ४६ तथा कुशल भुर्तेलले १८ रन जोड्दा धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

वलिङतर्फ कर्णालीका मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए ।

छ खेलमा एक जितमात्र निकालेको कर्णालीको दुई अङ्क छ भने पाँच खेलमा दुई निकालेको पोखराले चार अङ्क जोडेको छ ।