२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहले खुकुरी हाने

काठमाडौँ । विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि खुकुरी प्रहार भएको छ । उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको बुझिएको छ ।