• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहले खुकुरी हाने



काठमाडौँ । विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि खुकुरी प्रहार भएको छ । उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको बुझिएको छ ।

छोरा निरजले कलेज परिसरमै ‘देवेन्द्र भण्डारीलाई प्रवेश निषेध’ उल्लेखित ब्यानर टाँगेका थिए । सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए ।

सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए । सोहीक्रममा केही व्यक्तिहरुको समूह लिएर पुगेका बेला बाबु देवेन्द्रसँग झगडा भएको थियो । यसबारे देवेन्द्रले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएका थिए ।

दुई पक्षबीच छलफल गराउने तयारी भइरहेका बेला कुटपिट भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।