१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रवर्ती कलेजका सञ्चालकमाथि छोरासहितको समूहले खुकुरी हाने



अ+ अ-

काठमाडौँ । विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि खुकुरी प्रहार भएको छ । उनका छोरा निरज भण्डारीसहितको समूहले सोमबार बेलुकी खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बाबुछोराबीच कलेज सञ्चालनको विषयमा विगत केही समयदेखि विवाद हुँदै आएको बुझिएको छ ।

छोरा निरजले कलेज परिसरमै ‘देवेन्द्र भण्डारीलाई प्रवेश निषेध’ उल्लेखित ब्यानर टाँगेका थिए । सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए ।

सोमबारदेखि छोरा निरजले कलेजको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने बताउँदै आएका थिए । सोहीक्रममा केही व्यक्तिहरुको समूह लिएर पुगेका बेला बाबु देवेन्द्रसँग झगडा भएको थियो । यसबारे देवेन्द्रले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गराएका थिए ।

दुई पक्षबीच छलफल गराउने तयारी भइरहेका बेला कुटपिट भएको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।