• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली ★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन ★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल ★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु ★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन् ★   पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन

अधुरा योजना सम्पन्न र पछाडि परेकालाई विकासको मूल प्रवाहमा ल्याउँछौ : नवनिर्वाचित प्रमुख न्यौपाने



दमौली । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज शपथग्रहण गरेपछि न्यौपानेले अघिल्लो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्नेतर्फ मुख्य ध्यान रहने बताउनुभयो ।

दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडि बढाइने बताउनुभयो । व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने न्यौपानेले घोषणा गर्नुभयो । संविधान र कानूनको पालना गरेर काम गर्ने बताउँदै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुङ्गानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । नगरप्रमुख न्यौपानेले आजै व्यास नगरपालिका कार्यालयमा पुगेर पदस्थापन गर्ने कार्यक्रम रहेको छ । तत्कालै न्यौपानेले उपप्रमुख दरै लगायत वडाध्यक्ष र सदस्यहरुलाई शपथग्रहण गराउनुहुनेछ ।