• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन



तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् ।

व्यास नगरपालिका–२ का १९ र व्यास–३ का २१ गरी उक्त घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबायाँका घर भत्काउने सर्तमा मुआब्जा बुझेका थिए । व्यास–२, ३ र ४ मा घर, मठमन्दिर र पाटी गरी करिब ७५ वटा संरचना भत्किने मुग्लिन–पोखरा पूर्वी सडक योजना पूर्वी खण्डले जनाएको छ ।

मुआब्जा रकम लिएर घर नभत्काएका र मुआब्जाका लागि निवेदनसमेत दिन सहभागी नभएका घरधनीलाई सात दिनभित्र घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको छ । उक्त सडकखण्डअन्तर्गत दमौलीको पूर्वमा बुल्दीखोला र पश्चिममा मादी नदी पुलसम्मको भागमा घर भत्काउन नगरपालिकाले सूचना जारी गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

घर नभत्काउँदा बजार क्षेत्रको विस्तार कार्य अवरुद्ध हुने, बाटो अवरुद्ध हुँदा सडक धुलाम्य हुने र जनजीवन प्रभावित हुने गरेको उहाँले बताउनुभयो । “पहिलो चरणमा सडक निर्माण कार्यको म्याद समाप्त भइसकेको छ”, उहाँले भन्नुभयो “पुन: थप भएको म्यादभित्र सडक निर्माण हुन नसके मापदण्डभित्रका २५ मिटर दायाँबायाँ खाली गर्न सम्बन्धित निकायबाट कानुनी प्रक्रिया अघि बढाइने छ ।”

साथै घर भत्काउने घरधनीले नगरपालिकाबाट नक्सा स्वीकृत नगरी आफूखुसी नभत्काउनसमेत आग्रह गरिएको छ । सडक क्षेत्र २५ मिटरभित्र पुन: घर विस्तार गर्दा क्षतिपूर्ति प्राप्त गर्ने अवस्था कटौती हुने भएकाले यसतर्फ सचेत रहन समेत नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । रासस