९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन्

यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन्
अ अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाले आगामी टी–२० विश्वकप २०२४ का लागि १५ खेलाडीको टोली घोषणा गरेको छ । टोलीको कप्तानी एडन मार्करामलाई दिइएको छ भने नान्द्रे बर्गर र लुंगी एनगिडीलाई रिजर्भ खेलाडीको रुपमा राखिएको छ ।

यो टोलीमा आईपीएल २०२४ मा तहल्का मच्चाउने धेरै खेलाडीहरू छन् । उनीहरुको उत्कृष्ट लयले वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा पनि कहर ल्याउन सक्छ ।

यसै सन्दर्भमा यहाँ आईपीएल खेलिरहेका खेलाडीहरुबारे जानकारी लिऔं

हेनरिक क्लासेन
हेनरिक क्लासेन हालको सिजनमा निकै खतरनाक मिडल अर्डर ब्याट्सम्यान साबित भइरहेका छन् । उनले आईपीएल २०२४ मा सनराइजर्स हैदरावादका लागि खेलेका ९ खेलमा २९५ रन बनाएका छन् ।

उनको १८५ भन्दा बढीको स्ट्राइक रेट विशेषगरी आकर्षणको केन्द्र बनेको छ । यो पनि ध्यान दिन लायक छ कि उनले चालू सिजनमा ४२ भन्दा बढीको औसतमा ब्याटिङ गरिरहेका छन् । २०२२ को विश्वकपमा क्लासेनले प्लेइङ इलेभेनमा धेरै मौका पाएनन्, तर यसपटक उनको ब्याटले रनको वर्षा गर्न सक्छ ।

जेराल्ड कोएत्जी
जेराल्ड कोएत्जीले २०२४ मा मुम्बई इन्डियन्सबाट खेल्दै आईपीएलमा डेब्यु गरेका थिए । उनले यो सिजन ८ खेलमा १२ विकेट लिएका छन् । कोएत्जीले १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेर सबैको ध्यान खिचेका छन् । उनीसँग गति छ, जसले उत्कृष्ट ब्याट्सम्यानलाई समेत धोका दिइरहेको छ ।

ट्रिस्टन स्टब्स
ट्रिस्टन स्टब्सलाई दिल्ली क्यापिटल्सले २०२४ को लिलामीमा ५० लाखमा किनेको थियो । सुरुका खेलमा स्टब्सको ब्याटले काम गरेन तर अहिले उनी नियमित रुपमा द्रुत इनिङ्स खेलिरहेका छन् । उनले यो सिजन खेलेका ११ खेलमा १८६ को स्ट्राइक रेटमा २७७ रन बनाएका छन् । हालै स्टब्सले दिल्ली क्यापिटल्सलाई ४८ रनको ज्वलन्त पारी खेल्दै २५७ रनको कीर्तिमानी स्कोर बनाउन मद्दत गरेका थिए ।

अन्य खेलाडीको प्रदर्शन औसत
कागिसो रबाडा पनि आईपीएल २०२४ मा खेलिरहेका छन्, तर पञ्जाब किंग्सले सधैं उनीबाट म्याच जित्ने प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उनले सिजनमा हालसम्म ९ खेलमा १० विकेट लिन सफल भएका छन् । अर्कोतर्फ, क्विन्टन डी ककले लखनउ सुपरजायन्ट्सलाई लाई धेरै अवसरमा राम्रो सुरुवात दिन सकेका छैनन् ।

चालु सिजनमा ९ खेलमा उनको ब्याटबाट जम्मा २३६ रन बनेको छ । विश्वका खतरनाक ब्याट्सम्यान डेभिड मिलरले गुजरात टाइटन्सलाई अहिलेसम्म कुनै फाइदा दिन सकेका छैनन् । उनले ७ खेलमा १६४ रन बनाएका छन् । यसैबीच, एनरिच नोर्टजे पनि चर्चामा छन् किनभने उनले आईपीएलमा ६ खेलमा ७ विकेट मात्र लिएका छन् र १३ भन्दा बढीको इकोनोमी रेटमा रन दिएका छन् ।

दक्षिण अफ्रिकाको टोलीः एडेन मार्कराम (कप्तान), ओटनेल बार्टम्यान, जेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, रायन रिकेलम्सी, कागिसो रबाडा, ट्रिस्टन स्टब्स ।