२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु



अ+ अ-

ललितपुर । गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका शङ्कर पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

पहरीको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए ।

शङ्करसँगै आगो निभाउने क्रममा रमेश पहरी पनि घाईते भएका थिए । उनको उपचार भईरहेको सुवेदीले जानकारी दिए ।

ललितपुरको लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ नजिकै सञ्चालित कुष्ठरोग अस्पतालका ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीले जानकारी दिए । साथै, डढेलोमा फसेका १५ जनाको उद्धार पनि गरिएको छ ।