• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख ★   चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक– भिडियोसहित ★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी ★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै

अधुरा योजना सम्पन्न र पछाडि परेकालाई विकासको मूल प्रवाहमा ल्याउँछौ : नवनिर्वाचित प्रमुख न्यौपाने



दमौली । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज शपथग्रहण गरेपछि न्यौपानेले अघिल्लो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्नेतर्फ मुख्य ध्यान रहने बताउनुभयो ।

दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडि बढाइने बताउनुभयो । व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने न्यौपानेले घोषणा गर्नुभयो । संविधान र कानूनको पालना गरेर काम गर्ने बताउँदै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो । सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुङ्गानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । नगरप्रमुख न्यौपानेले आजै व्यास नगरपालिका कार्यालयमा पुगेर पदस्थापन गर्ने कार्यक्रम रहेको छ । तत्कालै न्यौपानेले उपप्रमुख दरै लगायत वडाध्यक्ष र सदस्यहरुलाई शपथग्रहण गराउनुहुनेछ ।