• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   भोजपुरको दुर्गम भेगका एक हजार जनाको नि:शुल्क उपचार ★   बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै ★   चेपाङ आवास कार्यक्रम: इच्छाकामनाका २२ घर निर्माण ★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं महानगरः बालेन्द्रको अग्रता अझ फराकिलो, ५५,७७७ मत प्राप्त



काठमाडौं महानगरको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार, महानगरको प्रमुखका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५ हजार ७७७ मत ल्याइसक्नु भएको छ ।

दोस्रो स्थानमा रहनु भएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ प्राप्त गर्नु भएको छ ।

तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ प्राप्त गर्नु भएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ तथा राप्रपाका मदनदाश श्रेष्ठले २ हजार ९९६ मत प्राप्त गर्नु भएको छ ।

उपप्रमुखमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाउनु भएको छ । उहाँले ५१ हजार २०७ मत प्राप्त गर्नु भएको छ जबकी उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एसका रामेश्‍वर श्रेष्ठले झण्डै एक तिहाई कम अर्थात १७ हजार ३४८ मत प्राप्त गर्नु भएको छ । दुई उम्मेदवारबीच झण्डै ३० हजारको मतान्तर रहेको छ ।