३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाको तटीय क्षेत्रबाट १३४ आप्रवासीको उद्धार



अ+ अ-

त्रिपोली । संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग (युएनएचसीआर) ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ । 

लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४२० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको  छ । 

उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको छ । यद्यपी अन्य सयौंको मृत्यु हुनुको साथै लिबियाको तटीय क्षेत्रबाट बेपत्ता भएका छन् ।