३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

आइतबार राति सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जित्न सफल रह्यो ।

खेलको ३७ औं मिनेटान म्याटी कासले गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे ।

एक समय उपाधिबाट बन्चित भइसकेको सिटी खेलमा फर्कियो । ७६ औं र ८१ औं मिनेटमा इल्काए गुन्डोवानले र ७८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई उपाधि दिलाए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधिमाथि कब्जा गरेको हो । लिभरपुल ९२ अंकसहित दोस्रो स्थानमा रह्यो ।

सन र सलाह दुबैलाई गोल्डेन बुट

इंग्लिस प्रिमियर लिग २०२१–२२ अन्तर्गत २३ गोल गर्न सफल सर्वाधिक गोलकर्ता बनेका टोटेनहमका सन हेउङ मिन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् ।

सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए ।

यस्तै दोस्रो स्थानमा रहेर लिग सकाएको लिभरपुलका लागि मोहमद सलाहले अन्तिम दिन पनि एक गोल गर्दै २३ गोल पुर्याएका हुन् ।

प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिँदै आएको छ ।

टोटेनहमले च्याम्पियन्स लिग खेल्ने


इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा सानदार जित दर्ता गर्दै टोटेनहम अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।

प्रिमियर लिगबाट रेलिगेसनमा परेको नर्विच सिटीको मैदानमा ५–० गोलको फराकिलो जित हात पार्दै टोटेनहमले चौथो स्थान पक्का गरेको हो ।

टोटेनहमको जितमा सन हेउङ मिन र डेजान कुलुसेभ्सकीले २–२ गोल तथा ह्यारी केनले १ गोल गरे ।

जितसँगै टोटेनहमले चौथो स्थान पक्का गर्ने क्रममा ३८ खेलमा ७१ अंक जोड्यो ।

आर्सनलले अन्तिम खेलमा एभर्टनमाथि ५–१ को सानदार जित हासिल गरेपनि २ अंकले पछि पर्यो । ३८ खेलमा ६९ अंक मात्र जोडेको आर्सनलले अर्को सिजन युरोपा लिग खेल्नेछ ।