• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त

म्यान्चेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

आइतबार राति सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जित्न सफल रह्यो ।

खेलको ३७ औं मिनेटान म्याटी कासले गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे ।

एक समय उपाधिबाट बन्चित भइसकेको सिटी खेलमा फर्कियो । ७६ औं र ८१ औं मिनेटमा इल्काए गुन्डोवानले र ७८ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई उपाधि दिलाए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो । सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधिमाथि कब्जा गरेको हो । लिभरपुल ९२ अंकसहित दोस्रो स्थानमा रह्यो ।

सन र सलाह दुबैलाई गोल्डेन बुट

इंग्लिस प्रिमियर लिग २०२१–२२ अन्तर्गत २३ गोल गर्न सफल सर्वाधिक गोलकर्ता बनेका टोटेनहमका सन हेउङ मिन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् ।

सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए ।

यस्तै दोस्रो स्थानमा रहेर लिग सकाएको लिभरपुलका लागि मोहमद सलाहले अन्तिम दिन पनि एक गोल गर्दै २३ गोल पुर्याएका हुन् ।

प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिँदै आएको छ ।

टोटेनहमले च्याम्पियन्स लिग खेल्ने


इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा सानदार जित दर्ता गर्दै टोटेनहम अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।

प्रिमियर लिगबाट रेलिगेसनमा परेको नर्विच सिटीको मैदानमा ५–० गोलको फराकिलो जित हात पार्दै टोटेनहमले चौथो स्थान पक्का गरेको हो ।

टोटेनहमको जितमा सन हेउङ मिन र डेजान कुलुसेभ्सकीले २–२ गोल तथा ह्यारी केनले १ गोल गरे ।

जितसँगै टोटेनहमले चौथो स्थान पक्का गर्ने क्रममा ३८ खेलमा ७१ अंक जोड्यो ।

आर्सनलले अन्तिम खेलमा एभर्टनमाथि ५–१ को सानदार जित हासिल गरेपनि २ अंकले पछि पर्यो । ३८ खेलमा ६९ अंक मात्र जोडेको आर्सनलले अर्को सिजन युरोपा लिग खेल्नेछ ।