२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामीलाई बलात्कार गर्न बन्द गर’– कान्स फेस्टिभलमा चिच्याइन् महिला



अ+ अ-

फ्रान्समा अहिले कान्स फिल्म फेस्टिभल जारी छ । यो फेस्टिभल यही मे २८ तारिखसम्म चल्नेछ ।

फेस्टिभलमा विश्वभरिका फिल्म सेलिब्रेटीको जमघट हुने गर्दछ । यहाँ फिल्मको प्रिमियर सो हुनेछ भने रेड कार्पेटमा वाक गरेर विश्वभरका सेलिब्रेटी दैनिक चर्चा रहने गर्छन् ।

नेपाली फिल्म अभिनेत्री सुरक्षा पन्त पनि एउटा विदेशी फिल्मको प्रिमियरका लागि अहिले कान्स फेस्टिभलमा पुगेकी छन् । त्यहाँ उनले रेड कार्पेटमा रातै पहिरनमा वाकसमेत गरिसकेकी छन् ।

त्यसैले कान्स फिल्म फेस्टिभल विश्वभरका फिल्म सेलिब्रेटीहरुको आकर्षणको केन्द्र पनि हो । तर यसपटक यहाँ फेस्टिभलमा अर्कै समाचारले पनि चर्चा पाएको छ ।

कान्समा एक महिला रेड कार्पेटमा आएर चिच्याउन थालिन् । उनी टपलेस भएर आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पोतेकी ती महिलाले चिच्याउँदै भनिन्, “हामीलाई बलात्कार गर्न बन्द गर ।”

अहिले रुस र युक्रेनबीच युद्ध भइरहेको छ । रुसी सैनिकले युक्रेन महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भइरहेको सन्दर्भमा उनले कान्सको रेड कार्पेटमा टपलेस भएर सार्वजनिक रुपमा विरोध गरिन् । उनी युक्रेनको महिला अभियानकर्मी रहेको बताइएको छ ।

उनलाई तत्काल सुरक्षाकर्मीले कालो ज्याकेटले ढाकिदिए र आफूसँगै लिएर गए । सो बखत अन्य सेलिब्रेटीहरुले गरिरहेको वाक केहीबेर रोकिएको थियो ।