२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको अन्तिम खेल आजः उपाधि, शीर्ष चार र रेलिगेशन जोनमा कडा प्रतिस्पर्धा



अ+ अ-

एजेन्सी । विश्वकै प्रचिष्ठित फुटबल लिग इंग्लिस प्रिमियर लिगले आज राति २१/२२ सिजनको विजेता पाउँदैछ । उपाधिका लागि मात्र नरही शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने र रेलिगेशनबाट उत्रनका लागि पनि क्लबहरुबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

लिग जित्न म्यानचेस्टर सिटी र लिभरपुल, युरोपेली च्याम्पियन्स लिग खेल्ने चौथो टिम बन्न टोटनहम र आर्सनल एवं अन्तिम रेलिगेसन पर्ने तेस्रो तथा अन्तिम टिम बर्नली कि लिड्स युनाइटेड को बन्नेछ भन्ने रोमाञ्चक क्षणको समाप्त आजै हुँदैछ ।

लिग लिडर सिटीले अन्तिम खेल १४ औं स्थानमा रहेको एस्टन भिल्लासँग खेल्दैछ । यो खेलमा जित निकालेमा सिटी च्याम्पियन बन्नेछ । अर्कोतर्फ दोस्रो स्थानमा रहेको लिभरपुलले आठौं स्थानमा रहेको वल्भ्सविरुद्ध खेल्दैछ । यदि सिटी एस्टन भिल्लासँग पराजित भएमा र लिभरपुलले वल्भ्सलाई हराएमा लिभरपुलले उपाधि उचाल्नेछ ।

यसैगरी, तालिकाको पुछारमा रहेको नर्वीचसँग टोटेनहमले प्रतिस्पर्धा गर्दैछ । पछिल्ला खेलहरुमा लयमा रहेको टोटेनहमलाई नर्वीचविरुद्ध जित निकाल्न त्यती कठिन भने देखिँदैन । यदि यो खेलमा टोटेनहम पराजित भएमा उता पाँचौं स्थानमा रहेको आर्सनलले १६ औं स्थानको एभर्टनलाई पराजित गरेमा आर्सनल शीर्ष चारमा उक्लनेछ र च्याम्पियन्स लिग खेल्नेछ ।

अर्को रोचक पक्ष भनेको रेलिगेशनमा बर्नले र लिड्स युनाइटेड को पर्नेछ भन्ने रहेको छ । दुबैको ३५ अंक रहेको छ । बर्नलेले न्युक्यासलसँग र लिड्सले ब्रेन्टफोर्डसँग खेल्दैछ ।

लिगमा गोल्डेन बुट जित्नमा पनि उत्तिकै प्रतिस्पर्धा रहेको छ । लिभरपुलका मोहमद सलाह र टोटनहमका सन हेउङ मिन प्रतिस्पर्धामा छन् । सलाहले २२ र सनले २१ गोल गरेका छन् ।

 

 




भर्खरै