११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.28

Wind: 4.12

Humidity: 19

Latest
काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा काठमाडौँ टावरमा केही व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने माईतीघरमा चिकित्सकहरुको प्रदर्शन नवःदेगको मुगल शैलीमा बनाइएको मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिदै कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकताको घोषणा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकीको छेउमा जब साइकल गुड्यो…



अ+ अ-

काठमाडौं, ७ जेठ । पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रुपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो । स्वदेशी विदेशी खेलाडी भेला भएका थिए । कोही डोरी लिएर पहाड चढ्न थाले भने कोही दौडन ।

न त जाडो न त गर्मी मौसम । नजिकै निलगिरी हिमाल र अनि तल बगीरहेको कालीगण्डकी । प्रख्यात कवि भूमि शेरचनको जन्मस्थल थाक खोला नजिकै भइरहेको अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना नेपाली सेनाले गरेको थियो । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि निरन्तर लागि परेको सेनाले शालिग्राम पाइने कालीगण्डकीको छेउतिर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास कायम गरेको भन्दै सहभागी खेलाडी र दर्शकले धन्यवाद दिएका थिए । हावाको वेग जस्तै खेलाडीले देखाएको प्रतिभा आफैँमा अनुकरणीय थियो त्यहाँ ।

गायक अमृत गुरुङले आफ्नो गीतमा भने जस्तै ‘जोमसोमै बजारमा १२ बजे हावा सरर…’ खेलाडीले हावाको परवाह नगरी आफ्नो प्रतिभा देखाए । असाध्यै जोखिमपूर्ण मानिएको क्लाईम्विङमा पनि खेलाडीले अदम्य प्रतिभा देखाएका थिए । समुन्द्री सतहबाट दुई हजार ७८० मिटरदेखि तीन हजार २०० मिटरसम्मको उचाइमा आयोजित सो प्रतियोगितामा नेपाली सेनाकै टिमले शीर्ष तीन स्थान कब्जा ग¥यो । विभागीय टिमलगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडी सहभागी सो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय उच्च उचाइ साहसी खेल प्रतियोगिता’ मा साइक्लिङ र दौड समावेश गरिएको थियो ।

प्रतियोगी खेलाडी सबैले साइकल कुदाए । पहाड चढे र दौडमा पनि सहभागी भए । कालीगण्डकीको बगरै बगर खेलाडीले आफ्नो प्रतिभा देखाउँदा प्रत्यक्षदर्शीले ताली बजाएर स्वागत गरेका थिए । प्रधानसेनापति प्रभुराम शर्माले खेलाडीलाई प्रोत्साहित गर्दै अदम्य साहस र कला देखाउन आग्रह गर्नुभएको थियो । प्रतियोगितामा खेलाडीले १०० मिटर बराबरको पहाड चढेका थिए । चार दशमलव ७५ किलोमिटर दौड थियो भने १५ दशमलव ३५ किलोमिटर बराबरको साइक्लिङ गरी विभिन्न तीन वटा इभेण्ट गरी जम्मा २० दशमलव २ किलोमिटर बराबरको दुरी समावेश थियो ।

साहसिक प्रतियागिताका रुपमा लिइएको त्यस इभेण्टमा कूल २२ टिमको सहभागिता थियो । प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लबको ६ टिम सहभागी थियो । त्यसमा चार टिम पुरुष र दुई टिम महिला थिए । अन्य १८ टिम स्वदेशी थिए । त्यसमा पनि १३ पुरुष र महिला पाँच टिम थिए । विदेशी टिममा भारतीय सेनाको एक टिम, बङ्गलादेशी सेनाको एक र ब्रिटिस गोर्खाको दुई टिम सहभागी थियो ।

प्रतियोगितमा सहभागी खेलाडीले सुरुमा चट्टान आरोहण गरे । त्यसपछि दौडिए र साइकल कुदाए । नयाँ तरिकाले खेलकुद प्रतियागिताको आयोजना गरेर सेनाले नयाँ इतिहास कायम गरेको छ । जोमसोङस्थित सेनाको २३ नम्बर बाहिनी र उच्च शिखर शिक्षालयको आफ्नै महत्व छ । अन्तर्राष्ट्रियस्तरमा उक्त शिक्षालय र त्यहाँ हुने तालिमले विशिष्ट स्थान राखिरहेको सन्दर्भमा आजको प्रतियोगिताले सुनमा सुगन्ध थपे जस्तै महसुस गरिएको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाको टिमले एक घण्टा १५ मिनेट २ सेकेण्डमा रेकर्ड मात्रै कायम गरेनन्, पहिलो स्थान हासिल गरे । वसन्त थारु र नवराज न्यौपानेको टिम दोस्रो भयो । उनीहरूले सो दुरी एक घण्टा १७ मिनेट १६ सेकेण्डमा दुरी पारे । कमल ओली र प्रेमसिंह मन्यालले एक घण्टा २१ मिनेट ३० सेकेण्डसहित तेस्रो भए । पहिलो हुनेले तीन हजार अमेरिकी डलर, दोस्रोले दुई हजार अमेरिकी डलर र तेस्रोले एक हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार प्राप्त गरे ।

महिलातर्फ हिमालयन गल्र्सका हुमी बुढामगर र इन्द्रकला नेम्बाङले एक घन्टा ४५ मिनेट २३ सेकेन्डमा दुरी पार गर्दै पहिलो स्थान हासिल गरे । आर्मीका उषा खनाल र मन्जु कुमारी खड्काले एक घण्टा ५० मिनेट २६ सेकेन्डमा दुरी पार गरेर दोस्रो भए । वेस्ट अन्तर्राष्ट्रिय टिममा भारतीय सेनाको टिम अगाडि देखियो ।

महिलातर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ५० हजार बराबरको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीलाई प्रधानसेनापति शर्माले पदक, ट्रफी, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने पोखरास्थिलत मध्यकमाण्ड हेडक्वार्टर, जोमसोमस्थित २३ नं बाहिनी, उच्च शिखर शिक्षालय, नारायणदल गणलाई प्रधानसेनापति शर्माले धन्यवाद दिनुभयो । नेपाल इन्भेसटमेन्ट बैंक र सिटिजल बैंकलाई कदरपत्र प्रदान गरिएको थियो ।