• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली ★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ ★   गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचिमा

भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता



भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ ।

उहाँले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिनुभएको छ ।

अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गर्नुभएको छ । गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ । हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ ।

गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । रासस