२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : राष्ट्रपति सी



अ+ अ-

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो ।

विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारकहरू बढ्दै गएकाले ब्रिक्स राष्ट्रहरूलाई एकजुट हुन उहाँले आग्रह गर्नुभएको हो । “शान्ति र विकास वर्तमानको अपरिवर्तित विषय हो,अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग र ऐक्यबद्धता अत्यावश्यक छ” उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र रचनात्मक शक्तिको रूपमा ब्रिक्सका सदस्य देशले दृढतापूर्वक काम गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व, शान्ति र विकासको प्रवद्र्धन, निष्पक्षता, न्याय, लोकतन्त्र एवम् स्वतन्त्रताको समर्थन आवश्यक भएको राष्ट्रपति सीले बताउनुभयो ।

अरूको खर्चमा आफ्नो सुरक्षा खोज्दा नयाँ तनाव र जोखिम मात्रै सिर्जना हुने बताउँदै राष्ट्रपति सीले विश्वमा साझा सुरक्षा प्रवद्र्धन गर्न विश्वव्यापी सुरक्षा प्रयास उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

ब्रिक्स देशहरूले राजनीतिक रूपमा पारस्परिक विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्न, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा निकट सम्पर्क कायम गरेर एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र विकासका लागि सुरक्षाको विश्वव्यापी समुदाय निर्माण गर्नुपर्छ भन्नुभयो । उहाँले शीतयुद्धको मानसिकता र टकरावबाट मुक्त हुनुपर्नेमा पनि जोड दिनुभयो ।

“अहिलेको जोखिम र चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूले समृिद्धिका लागि पारस्परिक एकता र सहयोगलाई अझ बलियो बनाउनुपर्छ, आपसी समझदारी एवं विश्वास बढाउन, सहयोगका क्षेत्रलाई बढाउन तथा आपसी हित प्रवद्र्धन अभिवृद्धि गर्नुपर्छ,”उहाँले भन्नुभयो ।