२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ वर्षअघिको घटनामा दोषी ठहरिए नवजोत सिद्धु, एकवर्ष जेल सजायको फैसला



अ+ अ-

काठमाडौं । भारतका पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष तथा चर्चित क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय भएको छ।

भारतको उच्च न्यायलयले ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।

घटना १९८८ डिसेम्बर २७ को हो । जब सिद्धु र मृतक गुरनाम सिंहबिच गाडि पार्किङको विषयलाई लिएर हातहपाई भएको थियो । त्यसै हात हपाईमा सिद्धुले गुरनाम सिंहलाई धकेल्दा सडकमा लडेर गुरनाम सिंहको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने भएको छ । उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ ।