३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित
अ+ अ-

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या  ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । 

सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ । 

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च  महिनापछि अहिले सक्रिय सङ्क्रमितको यो संख्या सवभन्दा कम हो । 

 पछिल्लो २४ घण्टामा  ३१ हजार ९९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।  

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख  ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्  । (रासस÷एएनआई)