३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु



अ+ अ-

लागोस । नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले आज जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको बताएका हुन् । 

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ विरामी पनि परेका छन् । ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए । 

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ । (रासस-सिन्ह्वा)