७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बालेनले कटाए २३ हजार मत, चितवनमा रेणुको अग्रता कायमै



अ+ अ-

काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले २३ हजार ५८४ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन् जुन बालेन्द्रको भन्दा ११ हजार २०४ ले कमी हो । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले हालसम्म ११ हजार ४९९ मत मात्रै प्राप्त गरेकी छिन् ।

उता, भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहालले एमालेका प्रत्यासी विजय सुवेदीसँगको अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

पछिल्लो मत विवरण अनुसार, रेणु दाहालले १५ हजार ५१३ मत प्राप्त गरेकी छिन् जबकी एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । अर्थात विजय सुवेदीभन्दा रेणुले ३,१२६ मतान्तर बनाउनु भएको छ ।