२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी एसियनकप २०२२: साम्बाको अभाव खड्कियो, भएको भए छनोट हुन्थ्यौं



अ+ अ-

काठमाडौं । उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागि भएर आज नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागि भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । जसको अर्थ टोलीमा अनुभबको कमी निकै नै खड्कियो । 

उज्बेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्यो। यसमा कसैको दुई मत छैन । फिफा वरियतामा नेपालमा भन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेट सम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो । त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थयो । दोस्रो खेलमा हङकङलाई गोल रहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन ।  पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो । तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए ।

दक्षिण एसियामा सिमित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव संगाल्ने खेलको रुपमा पनि हेरिएको थियो । दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षा अनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले थपे ।

यस्तै नेपाली टोलीकी कप्तान रेनुका नरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारीको कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन् । कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने थपिन् ।

भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै दुख व्यक्त गरिन । टोलीले राम्रो खेले पनि आगामी दिनमा अझै अगाडि बढ्न टोलीको मिहिनते धेरै खाचो रहेको बताइन् । फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहे पनि अन्तिम तिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनु परेको बताइन् । उनको प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ । टोलीमा अनुभबको निकै खाचौ पक्कै हो । सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरै भन्दा धेरै सञ्चालन गर्नु पर्ने देखिएको छ ।