२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्टार्कटिकामा अस्तायो सूर्य, अब चार महिनापछि मात्र बिहान हुने



अ+ अ-

पेरिस । कल्पना गर्नुहोस् त रात केही घण्टाको सट्टा चार महिना लामो हुँदैछ र केही समयपछि अन्धकारमा बाँच्न गाह्रो हुनेछ। तर अन्टार्कटिकाको सन्दर्भमा यो काल्पनिक होइन, यथार्थ हो । यहाँ मे १३ मा सूर्यास्तसँगै चार महिना लामो रात सुरु भएको छ ।

कसैका लागि यी महिनाहरू अन्टार्कटिकामा एक्लोपन र अत्यन्त कम तापक्रम हुन सक्छ, तर यो अन्तरिक्ष यात्रीहरूका लागि आफ्नो स्पेस मिशनक लागि तयारी गर्ने र पृथ्वीको सबैभन्दा कठिन परिस्थितिहरूमा बस्ने अभ्यास गर्ने सुनौलो अवसर हो।

अन्तरिक्ष यात्रीहरूले बिना सूर्यको किरण र कठोर परिस्थितिहरूमा उनीहरूको प्रशिक्षणका लागि यी चार महिनाहरू प्रयोग गर्न सक्छन्।

बाँकी विश्वमा मानिसहरु चार प्रकारका मौसममा बस्छन् तर अन्टार्कटिकामा जाडो र गर्मी दुईवटा मात्रै छन् । विश्वको सबैभन्दा चिसो महादेशमा ६ महिना दिन र बाँकी ६ महिना अँध्यारो रात हुन्छ ।

१२ जना मानिस अन्तरिक्ष जस्तो अवस्थामा बस्नेछन्

अन्टार्कटिकाको रिमोट बेस कन्कोर्डिया फेरि एक पटक युरोपेली अन्तरिक्ष एजेन्सीको १२ सदस्यीय टोलीको आधार बन्नेछ । उनीहरु आइसोलेसनमा बस्नेछन् र काम गर्नेछन् ।

टोलीको मिशनमा विभिन्न प्रकारका प्रयोगहरू समावेश हुनेछन् जसले यस्ता चरम अवस्थाहरूले मानिसहरूलाई कसरी असर गर्छ भनेर बुझ्ने प्रयास गर्नेछ।

अन्तरिक्ष एजेन्सीले आफ्नो वेबसाइटमा बताएअनुसार निद्रा अध्ययनदेखि पेटको स्वास्थ्यसम्म, वर्तमान र भविष्यका अन्वेषकहरूलाई अन्तरिक्ष जस्ता चरम वातावरणका चुनौतीहरू बुझ्न र सम्बोधन गर्न मद्दत गर्नका लागि टोली यहाँ हुनेछ ।

तापक्रम माइनस ८० डिग्री सेल्सियससम्म घट्न सक्छ

अन्तरिक्ष एजेन्सीले यी अवस्थाहरू कुनै पनि अन्य ग्रहमा बस्ने जस्तै हुने बताएको छ । कन्कोर्डिया स्टेसनले आउने समयमा बाहिरबाट कुनै थप सहयोग पाउने छैन। आपूर्तिको अन्तिम उडान फेब्रुअरीमा यहाँ आइपुगेको थियो।

जानकारीअनुसार स्टेसनमा कम्तीमा नौ महिनाको स्टक रहेको र आगामी दिनमा यहाँको तापक्रम माइनस ८० डिग्री सेल्सियससम्म झर्ने सम्भावना छ ।एजन्सीको सहयोगमा