• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

अन्टार्कटिकामा अस्तायो सूर्य, अब चार महिनापछि मात्र बिहान हुने



पेरिस । कल्पना गर्नुहोस् त रात केही घण्टाको सट्टा चार महिना लामो हुँदैछ र केही समयपछि अन्धकारमा बाँच्न गाह्रो हुनेछ। तर अन्टार्कटिकाको सन्दर्भमा यो काल्पनिक होइन, यथार्थ हो । यहाँ मे १३ मा सूर्यास्तसँगै चार महिना लामो रात सुरु भएको छ ।

कसैका लागि यी महिनाहरू अन्टार्कटिकामा एक्लोपन र अत्यन्त कम तापक्रम हुन सक्छ, तर यो अन्तरिक्ष यात्रीहरूका लागि आफ्नो स्पेस मिशनक लागि तयारी गर्ने र पृथ्वीको सबैभन्दा कठिन परिस्थितिहरूमा बस्ने अभ्यास गर्ने सुनौलो अवसर हो।

अन्तरिक्ष यात्रीहरूले बिना सूर्यको किरण र कठोर परिस्थितिहरूमा उनीहरूको प्रशिक्षणका लागि यी चार महिनाहरू प्रयोग गर्न सक्छन्।

बाँकी विश्वमा मानिसहरु चार प्रकारका मौसममा बस्छन् तर अन्टार्कटिकामा जाडो र गर्मी दुईवटा मात्रै छन् । विश्वको सबैभन्दा चिसो महादेशमा ६ महिना दिन र बाँकी ६ महिना अँध्यारो रात हुन्छ ।

१२ जना मानिस अन्तरिक्ष जस्तो अवस्थामा बस्नेछन्

अन्टार्कटिकाको रिमोट बेस कन्कोर्डिया फेरि एक पटक युरोपेली अन्तरिक्ष एजेन्सीको १२ सदस्यीय टोलीको आधार बन्नेछ । उनीहरु आइसोलेसनमा बस्नेछन् र काम गर्नेछन् ।

टोलीको मिशनमा विभिन्न प्रकारका प्रयोगहरू समावेश हुनेछन् जसले यस्ता चरम अवस्थाहरूले मानिसहरूलाई कसरी असर गर्छ भनेर बुझ्ने प्रयास गर्नेछ।

अन्तरिक्ष एजेन्सीले आफ्नो वेबसाइटमा बताएअनुसार निद्रा अध्ययनदेखि पेटको स्वास्थ्यसम्म, वर्तमान र भविष्यका अन्वेषकहरूलाई अन्तरिक्ष जस्ता चरम वातावरणका चुनौतीहरू बुझ्न र सम्बोधन गर्न मद्दत गर्नका लागि टोली यहाँ हुनेछ ।

तापक्रम माइनस ८० डिग्री सेल्सियससम्म घट्न सक्छ

अन्तरिक्ष एजेन्सीले यी अवस्थाहरू कुनै पनि अन्य ग्रहमा बस्ने जस्तै हुने बताएको छ । कन्कोर्डिया स्टेसनले आउने समयमा बाहिरबाट कुनै थप सहयोग पाउने छैन। आपूर्तिको अन्तिम उडान फेब्रुअरीमा यहाँ आइपुगेको थियो।

जानकारीअनुसार स्टेसनमा कम्तीमा नौ महिनाको स्टक रहेको र आगामी दिनमा यहाँको तापक्रम माइनस ८० डिग्री सेल्सियससम्म झर्ने सम्भावना छ ।एजन्सीको सहयोगमा